काठमाडौं- परराष्ट्र मन्त्री डा.नारायण खड्काको सपथ बदर गर्न मा गर्दै सर्वोच्च अदालतमा मुद्धा परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिनुभएको थियो। कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
न्यौपानेलेले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्नरनगराउन आदेश पनि माग गर्नुभएको छ ।







प्रतिक्रिया