अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले संविधान मिच्दा मिडिया चुपचाप :अध्यक्ष ओली

सरकारले संविधान मिच्दा मिडिया चुपचाप :अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुपचाप रहेको बताउनुभएको छ ।
आफू प्रधानमन्त्री हुँदा मिडियाले आलोचना गरेका कारण गल्ती कम भएको उहाँले बताउनुभयो ।
आज सम्पादकहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारका कारण लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको बताउनुभयो ।
आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले मिडियाले प्रतिगमन शब्दको दुरुपयोग भएको बताउनुभयो ।प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो उहाँको प्रश्‍न थियो ।