अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पादकहरुलाई ओलीको प्रश्न : प्रधानसम्पादक भएपछि पत्रकारिता छोड्ने हो र ?

सम्पादकहरुलाई ओलीको प्रश्न : प्रधानसम्पादक भएपछि पत्रकारिता छोड्ने हो र ?


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरुलाई आफूले राजनीतिमा एउटा कक्षा दोहो¥याउदिन भने पनि त्यहाँ भन्दा माथी कक्षा नै सकिएपछि के गर्ने भनेर सोध्नुभएको छ ।
आज सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले ‘पिएचडी सकेपछि मान्छेले पढ्न छोड्छ र ? अध्यक्ष ओलीले भन्नुभयो ‘प्रधानसम्पादक भइसकेपछि तपाईंहरु पत्रकारिता छोड्नुहुन्छ र ? त्यस्तै हो अध्यक्ष भइसकेपछि त्यहाँ भन्दा माथी जाने नभएपछि के गर्ने त ?’
अध्यक्ष ओलीले विगतमा एउटै कक्षा दोहो¥याउदिन भनेर दिएको अभिव्यक्तिका बारेमा सम्पादकहरुले जिज्ञासा राखेका थिए । ‘आगमी महाधिवेशनमा तपाईं फेरी अध्यक्ष हुने हो ?’भनेर एक सम्पादकले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले अध्यक्ष भन्दा माथी जाने ठाउँ देखाइदिनुन भन्नुभएको थियो ।