काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ ।
जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उहाँलाई थप उपचारका लागि बुधबार बिहान थाई एयरबाट बैंकक लगिएको हो । उहाँसँगै पत्नी ओनसरी घर्ती पनि बैंकक प्रस्थान गर्नुभएको छ ।
नेता पुनको बिदाइका लागि माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शक्ति बस्नेतलगायतका नेताहरु विमानसथल जानुभएको थियो ।
पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उहाँलाई बैंकक लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जण्डिस देखिएपछि समस्या भए लगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उहाँको बैंककमै उपचार गरिएको थियो ।
प्रतिक्रिया