अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर हल्का वर्षाको सम्भावना

देशभर हल्का वर्षाको सम्भावना


काठमाडौं- आज देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको महाशाखाको भनाइ छ ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेकाले देशभर आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

भरे राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।