काठमाडौं -बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कपनबाट हराएका एक बालक भारतको बिहारमा सकुशल भेटिएका छन्।
भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो।
विनोदकै साथी शंकर दासले बालकलाई बिहार लगेको खुलेको हो। भारतीय प्रहरीसँग समन्वय गरी उनको खोजी गरिएको थियो।
बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले जानकारी दिनुभयो।
यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ। उनले किन त्यसरी बच्चा लगे भन्ने अहिले नै खुलिनसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया