अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कनकाईका लेखा अधिकृत दाहालको निधन

कनकाईका लेखा अधिकृत दाहालको निधन


झापा- कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको निधन भएको छ ।

मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेराबाट उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै निधन भएको हो ।

उहाँको केही महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण सफल भएपछि उहाँ स्वस्थ भएर नियमित कामकाजमा फर्किसक्नुभएको थियो ।

तर अचानक स्वास्थ्यमा समस्या आएपछि मंगलबार अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।

आज पनि अस्पताल लैजान एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्स आँगनमा आइसकेको अवस्थामा उहाँको निधन भएको हो ।