अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 मोटरसाइकलको ठक्करबाट तनहुँमा एकको मृत्यु

 मोटरसाइकलको ठक्करबाट तनहुँमा एकको मृत्यु


तनहुँ–मोटरसाइकलको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा ग.१६प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट ७२ वर्षीया चेतकुमारी जैशीको बुधवार बिहान मृत्यु भएको हो ।

जैसीको दमौली स्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।