अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध हुन्छ : उमेश श्रेष्ठ

वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध हुन्छ : उमेश श्रेष्ठ


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताउनु भयो । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम भइरहेको जानकारी गराउनु भयो ।

विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले वर्तमान सरकारले दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताउनु भयो ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिसकेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘तीन महीनाको अविधमा १ करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु । सरकारले १ करोड ७७ लाख खोप ल्याइसकेको छ । यो वर्षको दशैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु ।’

राज्यमन्त्री श्रेष्ठले हरेक दिन ३ लाख जनतालाई खोप लगाइरहेको समेत जानकारी दिनु भयो । उहाँले भन्नुभयो, १४ वटा हिमाली जिल्लामा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु भइसकेको छ । त्यसैले बालबालिकाको निम्ति १ करोड खोपको सुनिश्चित गरिसकेको छ ।’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागि परेको पनि बताउनु भयो ।