काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गर्दै परेको रिटको सुनुवाइ आज नहुने भएको छ । सर्वोच्चले सपथ सम्बन्धी रिटलाई हेर्न नभ्याउनेमा राखेको छ ।
डा. खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिनु भएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै गत ६ असोजमा सर्वोच्चमा रिट दायर भएको थियो । अधिवक्ता विशाल न्यौपानेले कानूनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ गराएको भन्दै रिट दायर गर्नु भएको थियो ।







प्रतिक्रिया