अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोट गर्‍यो

एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोट गर्‍यो


काठमाडौं- नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको बुधबार बसेको जिल्ला कमिटी बैठकले नाम टुंगो लगाएको छ ।

पार्टीले तोकेको मापदण्डअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक महिलासहित २० जना र दलित प्रतिनिधित्व समेत तोकेर टुंगो लगाएको हो ।

काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रुपनारायण श्रेष्ठसमेत उपस्थित भएको बैठकले विधान महाधिवेशनका प्रतिनिधि छनौट गरेको हो ।

अध्यक्ष कृष्ण राई र सचिव दीपक निरौलासहितका पदाधिकारी स्वतः विधान महाधिवेशनका प्रतिनिधि हुन्छन् ।

बुधबार बसेको बैठकले सचिव दीपक निरौलाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा मणिराम फुयाल, तेज ढकाल, रामेश्वर बोहरा र केशरत्न बज्राचार्य हुनुहुन्छ । सो कार्यदलले असोज २० गतेभत्रि प्रतिवेदन बुझाउनेछ ।

एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनमा प्रतिनिधित्व गर्ने १० वटा निर्वाचन क्षेत्रका प्रतिनिधिहरु यस प्रकार छन्:-

१.धन बहादुर अछामी, २. श्रृजन शर्मा, ३. विश्वराज श्रेष्ठ, ४. तेज ढकाल, ५. मोहन विष्ट, ६. विश्वनाथ लामिछाने, ७. विश्वराम सापकोटा, ८. नीमा ध्याम्चो लामा, ९. अनन्त सिग्देल, १०. जनक रिजाल

महिला तर्फ

१. विष्णु भुसाल, २. हिरादेवी पोखरेल, ३. तारा पुडासैनी, ४. अन्जु शर्मा, ५. अनिता लामा, ६. विन्दा बुढाथोकी, ७. गिता थिङ, ८. विजयलक्ष्मि शाही, ८. रति जोशी, ९. विन्दु महर्जन, १०. उत्पिडित समुदाय, ११. संगम गहतराज