अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर १ हजार १५७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

देशभर १ हजार १५७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ११३ रहेको छ भने ८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १ हजार ३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् । त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।