अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा मोटरसाइकल नहरमा खस्दा तीन जनाको मृत्यु

धनुषामा मोटरसाइकल नहरमा खस्दा तीन जनाको मृत्यु


जनकपुरधाम-धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार औरहीबाट जनकपुरतर्फ आउँदै गरेको ज ९प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर जनकपुर-१८ भोइल भन्ने स्थानमा नहरमा खसेको थियो । मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जितेन्द्र बस्नेतले जानकारी दिनु भयो ।