अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनास्लु हिमाल आरोहण गर्ने क्रममा बिदेशी नागरिक ब्रेन्ट सिलको मृत्यु

मनास्लु हिमाल आरोहण गर्ने क्रममा बिदेशी नागरिक ब्रेन्ट सिलको मृत्यु


गोरखा- मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित ३७ वर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी १०० मिटर माथिको उचाइमा पुगेका बेला ब्रेन्ट सिल अचानक बेहोस भएर ढलेका थिए । बेहोस भएपछि हिमाल आरोहण गर्ने टोलीले प्रहरीलाई खबर गरेको थियो । सो स्थानमा प्रहरी टोली पुग्दा उक्त नागरिकको मृत्यु भइसकेको सामागाउँ प्रहरी चौकीका डीएसपी प्रकाश दाहालले जानकारी दिनु भयो ।

ब्रेन्ट सिलको शवलाई स्थानीय बासिन्दाको सहयोगमा हेलिकप्टर मार्फत बुधबार काठमाडौंको शिक्षण अस्पताल ल्याइएको छ ।

स्नो होराइजन कम्पनीबाट स्वीकृति लिएर ब्रेन्ट सिल हिमाल चढ्न जानु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।