अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधि सभाको बैठक आज पनि, सभामुखले राजनीतिक दलसम्बन्धि अध्यादेश खारेजीको सूचना पढ्ने

प्रतिनिधि सभाको बैठक आज पनि, सभामुखले राजनीतिक दलसम्बन्धि अध्यादेश खारेजीको सूचना पढ्ने


काठमाडौं– संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको नवौँ अधिवेशनको नवौँ बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असोजमा अध्यादेश खारेज गर्नभएको थियो ।

बिहीबारको बैठकमा महालेखा परीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्ने कार्यक्रम छ । महालेखाले गत भदौमा राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो ।