काठमाडौं – बिहीबार बिहान सर्वदलीय बैठक राख्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदको बैठक पनि राख्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भएको हो।
आज बोलाइएको मन्त्रिपरिषद् बैठक नियमित बैठक नै भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्रीकै आह्वानमा बिहान १० बजे सर्वदलीय बैठक बस्दै छ।






प्रतिक्रिया