अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन र काठमाडौंबाट माओवादीका वडाध्यक्ष उम्मेदवारसहित ५७ जना एमालेमा प्रवेश

चितवन र काठमाडौंबाट माओवादीका वडाध्यक्ष उम्मेदवारसहित ५७ जना एमालेमा प्रवेश


काठमाडौं– चितवन र काठमाडौंबाट माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारसहित ५७ जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद अमगाईंसहित काठमाडौं महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेतलगायतको ५५ जनाको समूह एमाले प्रवेश गरेको हो ।

चितवनमा वैचारिक नेताका रुपमा चिनिएका नेता कुल प्रसाद भुसाल र जगन्नाथ आचार्यले माओवादी छाडेर एमाले रोज्नुभएको छ ।

जिल्ला सचिवालय सदस्य, चितवन क्षेत्र नम्बर १ (ख)का इन्जार्ज भुसाललाई बुधबार साँझ नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले एमालेमा स्वागत गर्नुभयो ।