काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिनुभएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । लेखी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य हुनुहुन्थ्यो ।
नेकपा एमालेको भोलिदेखि शुरु हुने विधान अधिवेशन उद्घाटन सत्रमा लेखी र उहाँको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको स्रोतको दाबी छ । एमालेको विधान अधिवेशनकै उद्घाटन सत्रमा उहाँलाई पार्टीमा भित्र्याउने तयारी गरिरहेको छ ।
लेखीले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै लोसपा नेपालबाट राजीनामा दिनु भएको बताउनु भएको छ ।







प्रतिक्रिया