अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि काठमाडौंमा जात्रा, महोत्सव गर्न नपाइने आदेश जारी

आजदेखि काठमाडौंमा जात्रा, महोत्सव गर्न नपाइने आदेश जारी


काठमाडौं- कोभिड-१९ संक्रमण अझै पनि कायम रहेको बताउँदै जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज राति १२ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म अनावश्यक रूपमा भिडभाड, सभाजुलुस, जात्रा, भोज, मेला र महोत्व गर्न रोक लगाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालद्वारा जारी आदेशमा भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनी उल्लेख गरिएको छ ।

कोभिड-१९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि न्यूनतम सहभागितामा र सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

बसको टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि जारी गरिएको छ ।

बैठक, गोष्ठी, सेमिनार आदि कार्यक्रम भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गराउनुपर्ने भनिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।