काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।
एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंमा बिहीबार भएको पत्रकार सम्मेलनमा नेता बादलले समाजवाद निर्माण गर्न जबजको दृढतापूर्वक लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने दायित्व आफूहरुसँग रहेको उल्लेख गर्नुभयो ।
केपी शर्मा ओली नेतृत्वको तत्कालिन नेकपा सरकारले समाजवाद निर्माण गर्न प्रयास गरेको उल्लेख गर्दै ‘समृद्ध नेपाल : सुखी नेपाली’ त्यसकै परिणाम भएको टिप्पणी गर्नुभयो ।







प्रतिक्रिया