अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदको निकासका लागि प्रधानमन्त्री र सभामुखले एमालेसँग संवाद गर्न जरूरी छ : विशाल भट्टराई

संसदको निकासका लागि प्रधानमन्त्री र सभामुखले एमालेसँग संवाद गर्न जरूरी छ : विशाल भट्टराई


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीसँग छलफल गर्नुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री र सभामुखले संसदमा देखिएको समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निकास निकाल्नुपर्ने उहाँले बताउनु भयो ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै भट्टराईले अहिलेको संसद अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयका कारणले गर्दा भएको बताउनु भयो ।