अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा (एस) पार्टी नै होइन, कृत्रिम गर्भधानबाट जन्मेको बच्चा जस्तो हो :  खगराज अधिकारी

नेकपा (एस) पार्टी नै होइन, कृत्रिम गर्भधानबाट जन्मेको बच्चा जस्तो हो :  खगराज अधिकारी


काठमाडौं– नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चाजस्तो भएको बताउनु भएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद अधिकारीले नेकपा (एस) अवैधानिक पार्टी भएको बताउनु भएको हो । उहाँले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताउनु भयो ।

नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने समेत बताउनु भयो ।

खगराज अधिकारी भन्नुहुन्छ— ‘संसदको अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रूपमै भेट्नु पर्छ । नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहन्छ, संविधान, कानून मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौं, नेकपा (एस) पार्टी वैधानिक पार्टी होइन, त्यो पार्टी कृत्रिम गर्भधानबाट जन्मेको बच्चा जस्तो, त्यो पार्टी नै होइन।’