अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बागमती प्रदेशमा ४७७ सदस्यीय कमिटी गठन गर्‍यो

एमालेले बागमती प्रदेशमा ४७७ सदस्यीय कमिटी गठन गर्‍यो


काठमाडौं- नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ ।

प्रदेश कमिटीको नामवली बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो । पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको पोखरेलले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष र रामबहादुर थापा (बादल)लाई इन्चार्ज र सहइन्चार्जमा काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र डोरमणि पौडेललाई प्रदेश कमिटीभन्दा माथि राखेर पठाएका छौं ।’

हेर्नुहोस् वागमती प्रदेश कमिटीको सूचीः

uml bagmati province commitee