वीरगञ्ज- बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–१ ढाटटोलका जितन मुखियाकी ६ वर्षीया छोरी सुमन कुमारीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
जितिया पर्वमा नुहाउनका लागि आमा र अन्य महिलाको समूह स्थानीय हेमचन्द्र कलवारको पोखरीमा पसेका थिए । सोही क्रममा सुमन पोखरीमा डुबेकी थिइन् ।
पोखरीको पानी खाएर बेहोस भएकी सुमनलाई आमाले तत्कालै उपचारको लागि नगर अस्पताल सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया