अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक डिप्रेसनमा प्रचण्ड, आत्महत्या गरौं गरौं लाग्ने गरेको भनाइ

राजनीतिक डिप्रेसनमा प्रचण्ड, आत्महत्या गरौं गरौं लाग्ने गरेको भनाइ


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने दोधार भएको बताउनुभएको छ । पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको प्रचण्डको भनाइ छ ।

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताउनुभयो ।
भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर ९धर्ती माता०मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उनले सुनाए । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भने, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’