अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा उपमहासचिव हटाउने प्रस्ताव

एमालेमा उपमहासचिव हटाउने प्रस्ताव


काठमाडौं- आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीमा सनराइज सभाहलमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद खारेज गरी अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्तावमा छ ।

यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था पेश गरिएको थियो । यद्यपि, यसलाई ७ बनाउनुपर्नेमा नेताहरुको माग गर्नुभएको थियो ।

त्यस्तै उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । तर आजबाट सुरू भएको विधान महाधिवेशनमा उपमहासचिव पद नै खारेज गरेको संशोधन मस्यौदामा उल्लेख गरिएको छ । सचिवको संख्या ७ जनाबाट ६ बनाउने स्ताव पेश गरिएको छ ।

विधान महाधिवेशनबाट यो प्रस्ताव पारित भएमा एमालेमा उपमहासचिव हुने छैनन् ।