अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेले विरासत बोकेको पार्टी हो : ओली

नेकपा एमालेले विरासत बोकेको पार्टी हो : ओली


ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले नेकपाको निरन्तरताको विरासत बोकेको पार्टी भएको बताउनुभयो ।

आजबाट शुरु भएको ललितपुरको गोदावरीस्थित सनराइज हलमा प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको बताउनु भएको हो ।

‘यो नेकपा एमाले राजनीतिक रूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । यो एकीकृत महाधिवेशन हो’, ओलीले भन्नुभयो ।

उहाँले नेकपा एमालेबाट केही-केही व्यक्तिहरू बाहिरिएका छन् । बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको समेत बताउनु भयो । एमालेविरुद्ध संगठित प्रहार गर्न शुरु भइसकेको छ । त्यसैले अब हामीले सचेत रहनु पर्ने भन्नुहुँदै सहभागी प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।