अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड-माधवले षड्यन्त्र गरेको हो : केपी ओली

कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड-माधवले षड्यन्त्र गरेको हो : केपी ओली


ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत भूमिका खेलेको बताउनु भयो ।

शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्नुहुँदै अध्यक्ष ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको समेत बताउनु भएको छ । मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको पनि बताउनु भयो ।

पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल लगायत पात्रहरूले ७४ पछि मेरो नेतृत्वको असफल बनाउन घेराउ, मोर्चाबन्दी र षड्यन्त्र साथै बाह्य शक्तिको इशारामा मलाई प्रधानमन्त्रीबाट हटाउन योजना गरेको भन्नुहुँदै सम्मेलनमा सहभागी प्रतिनिधिहरुलाई ओलीले बताउनु भयो ।

५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद दिनु भएको छ ।

अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताउनु भयो । कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड माधवले सुरूदेखि नै षड्यन्त्र गरेर नेकपा विभाजन गरेको आरोप समेत लगाउनु भयो ।