ललितपुर–नेकपा एमालेले पार्टीको विधान संशोधनबाट वरिष्ठ नेताको पद पनि हटाउने भएको छ । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने विद्यानमा व्यवस्था रहेको थियो ।
अब एमालेमा पदाधिकारी भनेर अध्यक्ष, उपाध्यक्ष-५, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने व्यवस्था गर्न लागेको छ । त्यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था गरिएको छ । यसअघि आयोगमा अध्यक्ष र सचिवमात्र हुने व्यवस्था थियो ।





प्रतिक्रिया