अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले हारेर पनि जितेको छ : अध्यक्ष ओली

एमालेले हारेर पनि जितेको छ : अध्यक्ष ओली


ललितपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी शर्मा ओलीले आफूहरुले कतिपय परिस्थितिमा हारेर पनि जितेको बताउनु भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो भन्नुभयो ( ुइतिहासमा कैयौले जितेर पनि हारेका छन्, हामीले हारेर पनि जितेका छौं ।ु

जितेकाहरु हराउँदै गएका भन्दै उहाँले नेकपा एमाले सधै जागरुक रहेको बताउनुभयो । अध्यक्ष ओलीले नेपालको राष्ट्रियता,स्वाभिमानलाई उचो राख्न नेकपा एमालेले सधै अग्रपंक्तिमा रहेर काम गरेको बताउनुभयो । नेपाललाई हेप्ने र कुनै पनि शक्तिका सामु झुक्ने अवस्था सृजना हुन नदिन आफूहरुले काम गरेको अध्यक्ष ओलीले बताउनुभयो ।

ुहामीले भारतीय नाकाबन्दीलाई शाहसपूर्वक सामना गर्‍यौं,छिमेकीसँगको सम्बन्ध राम्रो बनायौं, बाह्य शक्तिसामु खुँडा नटेक्ने स्थिति बनायौं ।ु भारतले गरेको नाकाबन्दीका क्रममा आफू नेतृत्वको सरकारले चीनसँग पारवाहनसहित १५ वटा सम्झौता गरेर एकातिर मात्रै निर्भर हुने बाध्यता हटाइएको पनि अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।