ललितपुर–नेकपा एमालेको जारी विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गर्नुभएको छ ।
ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले छलफलका लागि पेस गर्नुभएको प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको ‘जनताको बहुदलीय जनवाद’ वर्तमान परिस्थितिमा सबैभन्दा क्रान्तिकारी विचार भएको बताउनु भएको छ । ‘जनताको बहुदलीय जनवाद’का आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीति नै एमाले निर्माणका आधार भएको उल्लेख गर्नुभयो ।
‘संगठनात्मक अराजकता र गुटबन्दीको समस्या हिजो पनि थियो भोलिको दिनमा पनि नहोला भन्न सकिंदैन । त्यसैले पार्टीले योजनाबद्ध रूपमा वैचारिक कामलाई अघि बढाउन जरुरी देखिन्छ । तसर्थ पार्टीले आगामी दिनमा योजनाबद्ध रूपमा संगठनात्मक अराजकता र गुटबन्दीको विरुद्धमा वैचारिक राजनीतिक अभियान सञ्चालन गर्नुपर्दछ’ महासचिव पोखरेलको प्रस्तावमा भनिएको छ ।





प्रतिक्रिया