काठमाडौं -नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ ।
छलफलका लागि प्रस्ताव गरिएका तीनवटा प्रतिवेदनमा समुहगत छलफलका लागि सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ ।
समूह कको अध्यक्षता देवराज घिमिरे,सहजीकरणका भीम आचार्य र सुवास नेम्वाङलाई तोकिएको छ । समूह खको अध्यक्षता ज्वाला साह सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठलाई तोकिएको छ।
समूह गको अध्यक्षता आनन्द पोखरेल सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई दिइएको छ । । समूह घको अध्यक्षता जगत विश्वकर्मा सहजीकरण किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङलाई तोकिएको छ ।
समूह ङ अध्यक्षता लिला गिरी सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलाई तोकिएको छ । समूह चको अध्यक्षता गोरखबहादुर बोगटी सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेललाई तोएिको छ । सुदुरपश्चिमको अध्यक्षता कर्ण थापा सहजिरकण भीम रावल र लेखराज भट्टलाई तोकिएको छ । उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरुका प्रतिनिधिहरुको समूहको अध्यक्षता सुजिता शाक्य सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई तोकिएको छ ।
जनवर्गीय संगठनहरुबाट आएका प्रतिनिधिहरुको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तथा केन्द्रीय निकाय र आयोगहरुको समूहमा सहजीकरणको जिम्मा अमृत बोहोरा र पुष्प कँडेललाई दिइएको छ ।
सबै समूहलाई भोलि बिहान ८ बजे आउन र ४ घण्टा अर्थात् २ बजेसम्म छलफल गर्न भनिएको छ । २ बजे मूल बैठक बस्नेछ र टोली नेताहरुले छलफलको निष्कर्षहरु पेश गर्नेछन् ।





प्रतिक्रिया