अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईं पनि एमाले महाधिवेशन प्रतिनिधि

दुर्गा प्रसाईं पनि एमाले महाधिवेशन प्रतिनिधि


ललितपुर– चर्चित मेडिकल व्यावसायी दुर्गा प्रसाईं पनि नेकपा एमालेको विधान महाधिवेशनको प्रतिनिधि हुनुभएको छ ।

महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएका प्रसाईंले अभिवादन गर्दै फोटो बाहिरिएपछि मात्र धेरैले उहाँ पनि प्रतिनिधिको रुपमा महाधिवेशनमा सहभागी भएको जानकारी पाएका थिए । प्रसाईंलाई झापाबाट महाधिवेशनमा प्रतिनिधि छनोट गरिएको थियो ।

प्रसाईंसँगै अर्का मेडिकल व्यावसायी बसुरुद्धिन अन्सारी

झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गरिरहेका प्रसाईं पछिल्लो समय एमालेको राजनीतिमा आकर्षित भएको देखिन्छ । प्रसाईंले पार्टीको उपल्लो थलो विधान महाधिवेशनबाट एमालेका कार्यक्रममा औपचारिक इन्ट्री गर्नुभएको छ । ‘धेरैले मेरो राजनीतिक जीवन बारे थाहा नपाएका होलान् । म राजनीतिमा नयाँ मान्छे होइन तर अब एमालेको राजनीति नयाँ तरिकाले गर्न चाहन्छु,’ प्रसाईंले भन्नुभयो ।

यसैगरी अर्का मेडिकल व्यावसायी बसुरुद्धिन अन्सारी पनि विधान महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुनुहुन्छ ।