अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशनको दोस्रो दिन, बिहान ८ बजेबाट समूहगत छलफल सुरु हुने

एमाले विधान महाधिवेशनको दोस्रो दिन, बिहान ८ बजेबाट समूहगत छलफल सुरु हुने


ललितपुर- नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज बिहान ८ बजे देखि समूहगत छलफल सुरु हुँदैछ ।

सनराइज हल गोदावरीमा भइरहेको महाधिवेशनमा सात प्रदेश, उपत्यका र विशेष कमिटी गरेर १० वटा समूह बनाएर प्रस्तावित प्रतिवेदनहरुमा सुझाव लिने तयारी छ । करिब ६ हजार प्रतिनिधि भएकोले एउटा समूहमा सरदरमा ६ सय जना प्रतिनिधि छन् ।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्ममा सहभागीहरुले आफ्नो राय दिइसक्नु पर्नेछ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदनमा सहभागीहरुका तर्फबाट टोली नेताले समूहको धारणा राख्ने कार्यक्रम छ ।

सबै समूहको अध्यक्षता सम्बिन्धत प्रदेश कमिटीका अध्यक्षले गर्नेछन् । महाधिवेशन भोलि सकिनेछ ।