अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले  विधान महाधिवेशन : समूहगत छलफल सकियो

एमाले  विधान महाधिवेशन : समूहगत छलफल सकियो


काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको छ । समूहगत छलफलमा आएका सुझावहरुलाई टोली नेताले केही बेरमै प्रस्तुत गर्ने भएको छ ।

पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो  ।

समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ । दस्तावेजमाथि छलफल गर्नका निम्ति १० गर्नका निम्ति समूह गठन गरेको थियो । विधान महाधिवेशनमा ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी भएका छन् । १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ ।