काठमाडौं – एमालेको विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन पेस भएको छ ।
शुक्रबारबाट शुरू भएको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनको हलमा शनिबार आयोगका अध्यक्ष अमृतकुमार बोहराले समूहगत छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
आयोगको प्रतिवेदन प्रस्तुत सकिएपपछि शुक्रबार प्रस्तुत तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा भएको छलफलबाट आएका सुझावहरु टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिसकेको छ ।
हिजो शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी रहेका छन् ।





प्रतिक्रिया