काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको प्रतिवाद नगरी आगामी निर्वाचनमा चुनाव जित्न नसकिने बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा अध्यक्ष प्रचण्डले अबको डेढ वर्षपछि हुने निर्वाचनमा नेकपा एमालेसँग ख्याल ठट्टा नगरौं, लरतरो पाराले चुनाव जित्न सकिंदैन भन्नुहुँदै चिन्ता व्यक्त गर्नुभएको छ ।
‘एमाले अध्यक्ष केपी ओलीको हातमा नेतृत्व छ र त्यसैले हामीले डराउनु पर्ने अवस्था आएको छ । अध्यक्ष केपी ओलीले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भन्नुभाको छ’, उहाँले भन्नुभयो, ‘देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन ।’





प्रतिक्रिया