काठमाडौं– वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले एमाले परित्याग गरेको क्षतिपूर्ति मिलिरहेको छ ।
पार्टीमा लामो राजनीति गरेका तथा नेकपाकालीन माओवादी केन्द्रका नेताहरुलाई एमालेमा राखेर संगठनलाई स्थिर राख्ने एमाले सफल भएको छ । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी १० वर्षपछि एमालेमा प्रवेश गर्दै गर्दा अर्का अध्यक्ष पासाङ शेर्पा एमालेको सक्रिय राजनीतिमा पुनः उदाइसक्नुभएको छ ।
माओवादी केन्द्रमा प्रवेश गरेसँगै पासाङ पनि एमालेबाट टाढिनुभएको थियो । लेखीले २०६८ सालमा एमाले परित्याग गरी नागरिक पार्टी गठन गर्नुभएको थियो ।
जनजाति महासंघका दुई पूर्वहस्ती एमालेमा प्रवेश गरेसँगै जनजातिमा एमाले पकड फेरि बलियो भएको विश्लेषण हुन थालेको छ ।
प्रतिक्रिया