अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशन सञ्चारमैत्री, पत्रकारलाई पनि खुला

एमाले विधान महाधिवेशन सञ्चारमैत्री, पत्रकारलाई पनि खुला


काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनको हलमा पत्रकारहरुलाई पनि प्रवेश खुला गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइएको जानकारी दिनुभयो ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ । यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनुहुनेछ ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी छन् ।