काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सकिंदैछ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी महाधिवेशन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन गर्न लागिएको हो ।
१० समूहमा विभाजित प्रतिनिधिहरूले प्रतिवेदनमाथि समूहगत छलफलपछि दिएका सुझाव माथि प्रतिवेदन प्रस्तुतकर्ता नेताहरूले जवाफ दिएर महाधिवेशन आज सकिनेछ ।
भर्खरै उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहनु भएको छ । यसपछि महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
त्यस्तै, विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ ।
शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गर्नुभएको महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् ।





प्रतिक्रिया