अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा १५ पदाधिकारी रहने व्यवस्था

एमालेमा १५ पदाधिकारी रहने व्यवस्था


काठमाडौं–नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सार्नु भएको हो ।

त्यसमा अध्यक्ष-१, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव-१, उपमहासचिव-१ र सचिव-७ जना रहने गरी प्रस्ताव अघि सार्नुहुँदै यो प्रस्ताव अनुमोदन हुने विश्वास रहेको भन्नुहुँदै पौडेलले बताउनुभयो ।

‘कम्युनिस्ट पार्टीमा पदाधिकारी चयन गर्न सजिलो हुँदैन, त्यसैले मैले १३ जनाको पदाधिकारी रहने प्रस्ताव गरेको थिएँ । पदाधिकारी धेरै हुँदा व्यवस्थापन गर्न समस्या हुन्छ । त्यसकारण १५ सदस्यीय प्रस्ताव गरेको छु’, पौडेलले उठेका प्रश्नको जवाफ दिनुभयो ।