अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी तथा संगठन उत्पादनसँग जोडिनु आवश्यकता छ : ईश्वर पोखरेल

पार्टी तथा संगठन उत्पादनसँग जोडिनु आवश्यकता छ : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी महाधिवेशन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन गर्न लागिएको हो ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी तथा संगठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता रहेको औंल्याउनुहुँदै चारवटा कुरालाई ख्याल गरेर जुनसुकै काम गर्न पछि नहटन आग्रह गर्नुभएको छ ।

पार्टीको प्रथम विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदनमाथि प्राप्त सुझावबारे टिप्पणी गर्नुहुँदै उहाँले सहभागी प्रतिनिधिबाट आएका सुझाव समेट्न र कार्यान्वयन गर्नको निम्ति टीम बनाइएको र सो टीमले सबै खालका सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वास दिलाउनु भएको छ ।

महासचिव पोखरेलले राज्यको कानूनले अनुमति दिएको जुनसुकै काम, समाजका अग्रगामी मूल्यमान्यताको पक्षमा रहेका काम, कम्युनिस्टको आचरण र नैतिकताले दिने काम र पारदर्शी हुने जुनसुकै काम गर्नका निम्ति सहभागी प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै, पोखरेलले भन्नुभयो, ‘अहिलेको परिवेशमा उत्पादन र श्रमसँग गाँसिदैनौं भने हाम्रो पंक्ति स्खलित हुन्छौं ।  त्यसैले जुनसुकै काम गरे हुन्छ । तर चारवटा कुरालाई ख्याल गर्नुपर्छ ।’