अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेलाई चुनावमा कसैले हराउन सक्दैन : केपी ओली

नेकपा एमालेलाई चुनावमा कसैले हराउन सक्दैन : केपी ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पनि एमालेलाई कसैले हराउन नसक्ने बताउनुभयो ।

शुक्रबारदेखि जारी विधान महाधिवेशनका क्रममा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आइतवार जवाफ दिनुहुँदै ओलीले भन्नुयो, ‘हामीले हिजोको दिनमा चुनाव जितेका हौं, आज पनि जित्छौं, भोलिको दिनमा पनि जित्दैछौं, त्यसैले हामीलाई कसैले हराउन सक्दैन ।’ उहाँले एमालेले नजिति देश नबन्ने समेत बताउनुभयो । ‘देश अब पनि बन्न सकेन भने हामीले जिम्मा लिनुपर्छ, अरुलाई दोष दिंदैनौं ।’

ओलीले सानातिना धक्काले आफूहरु नरोकिने बताउनुभयो । ‘सानातिना धक्का र हावाका झोक्काहरुले हाम्रो विजय यात्रालाई प्रतिकूल प्रभाव पार्न सक्दैन ।’

ओलीले एमालेमाथि चौतर्फी हमलाई भइरहेको भन्दै त्यस्लाई परास्थ गरिने बताउनुभयो ।