काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत चैतमा महाधिवेशन गर्ने र नयाँ नेतृत्व हस्तान्तरण गर्ने भनिएकोमा प्रचण्ड-माधव समूहले कात्तिकमै आफूलाई हटाउने षडयन्त्र गरी पार्टी विभाजन गरेको आरोप लगाउनुभयो ।
विधान महाधिवेशनको समापन समारोहमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘चैतमा महाधिेशन गर्ने तयारी भइरहेको अवस्थामा कात्तिकको अन्तिममा गएर अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन १३ पन्ने आरोपपत्र पेश गरियो । एकीकरणको बाटो छाडेर पार्टी ध्वस्त बनाउन खोजिएपछि पार्टी जोगाउन हामीले जे गर्यौं त्यो सही थियो । त्यो परिस्थितिमा कसैले धाक, धम्की, डर, त्रास नराखी पार्टीलाई जोगाउन देशभरका कार्यकर्ता जो-जो उभिनुभयो तपाईंहरूलाई विशेष धन्यावाद छ ! यो छिन्नभिन्न तथा पार्टी सग्लो रहनुको मुख्य हकदार तपाईंहरू हो ।
ओलीले एमालेको मुख्य दुश्मन कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई बुझाउनेहरू हाम्रा शत्रु हुन् भन्नुभएको छ ।





प्रतिक्रिया