अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशन :  डा. विजय सुब्बाको नेतृत्वमा १५ सदस्य निर्वाचन आयोग गठन

एमाले विधान महाधिवेशन :  डा. विजय सुब्बाको नेतृत्वमा १५ सदस्य निर्वाचन आयोग गठन


काठमाडौं – नेकपा एमालेले डा. विजय सुब्बाको नेतृत्वमा पार्टीको निर्वाचन आयोग गठन गरेको छ ।

ललितपुरको गोदावरीस्थित तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वमा निर्वाचन आयोग गठन गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सर्वसम्मतले सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।

त्यस्तै, सदस्यमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, डा. कुन्साङ लामा, रीता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा विसी, सावित्रा निरौला, गेवालाल चौधरी, विमला विश्वकर्मा, लोकबहादुर थापा र हिमप्रला गैरे रहेका छन् ।