अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको टिप्पणी :  म बाँचिरहेको र जनता-कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन्

अध्यक्ष ओलीको टिप्पणी :  म बाँचिरहेको र जनता-कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन्


काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरु दुईवटा कुराले चिन्तित भएको बताउनुभएको छ । विधान महाधिवेशनमा प्रस्तावहरूमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रा विरोधीहरु अहिले मुख्यतः दुईवटा कुराले अत्यन्त चिन्तित छन् । एउटा म बाँचिरहेकोमा चिन्तित छन् । यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि बाँच्छ ? बिमारी भयो, अब त केही होला कि भन्यो फेरि बाँच्छ । अर्को कारण कार्यकर्ता र जनताले असाध्यै माया गरेको देखेर चिन्तित छन् । म किड्नी फेरेर पनि बाँचिरहेकोमा उनीहरूलाई चिन्ता छ । म बाँचे त मेरो के दोष ?’

ओलीले भन्नुभयो, ‘मलाई पार्टीको अगुवा र प्रिय साथीको रूपमा जनविश्वास दिनुभएको छ एक थोपो पनि तलमाथि हुन दिने छैन । एमालेलाई बहुमतमा पुर्‍याएर मधुकैटवले हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा स्थापित गर्नेछु ।’

ओलीले नास्यत बहुनायक भन्ने संस्कृत श्लोक सुनाउनुहुँदै नायकै नायकको बीचमा आफू नेतृत्वमा स्थापित भएको बताउनुभयो । विगतमा पनि मदन भण्डारीमाथि यस्तै प्रहार हुने गरेको र पुष्पलाललाई महाधिवेशन गर्न समेत नदिइएको भन्दै ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको ओलीले बताउनुभयो ।