अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जन्मकैद सुनाइएका सञ्जय साहको फैसला उच्च अदालतले उल्टायो ,अब सात बर्ष मात्र जेल सजाँय

जन्मकैद सुनाइएका सञ्जय साहको फैसला उच्च अदालतले उल्टायो ,अब सात बर्ष मात्र जेल सजाँय


धनुषा -जनकपुर बम काण्डका मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको संजय साह टकलाको फैसला उच्च अदालत जनकपुरले उल्ट्याएको छ।

उच्च अदालत जनकपुरले जिल्ला अदालतले गरेको जन्मकैदको फैसला कम गर्दै साहलाई ७ वर्ष मात्रै सजाय हुने फैसला गरेको हो। जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीर बहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो।

सहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ। जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसला उल्ट्याउँदै ७ वर्ष मात्रै सजाय हुने फैसला भएको उच्च अदालत जनकपुरका रजिष्टार खडकराज अधिकारीले जानकारी दिनुभयो ।
२०६९ साल वैशाख १८ गते मिथिला राज्यको मागगर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा ५ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए।