अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक


काठमाडौं – सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएकोे हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ ।

वि.सं. २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा आयात गर्न रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ ।

यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षदेखि लगाइएको प्रतिबन्द खुला गर्दै आयातामा कोटा प्रणाली लागू गरेको थियो । सरकारले वार्षिक ८० हजार मेट्रिकटन केराउ, २५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन नधुल्याएको मरिच आयातका लागि कोटा प्रणाली खुला गरेको थियो ।

मन्त्रिपरिषद्को स्वीकृतिका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त वस्तु आयातका लागि आवेदन माग गरेको थियो । सीमित कोटा राखेर आयात खुला गरिएका वस्तु तीन महिनापछि पुनः बन्द गरिएको हो ।यसअघि २०७६ चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा सरकारले रोक लगाएको थियो ।