अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इच्छाराज तामाङसहित सिभिल सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

इच्छाराज तामाङसहित सिभिल सहकारीका सञ्चालक र कर्मचारी पक्राउ


काठमाडौं- निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोपमा काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार ठगी मुद्दाको उजुरीमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसमेत छन् । निक्षेपकर्ताको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सिआइबीका प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताउनुभयो ।

तामाङ पूर्वसभासद्समेत हुन् । चर्चित घरजग्गा व्यवसायी तथा सिभिल बैंकका संस्थापक रहेका उनी सहकारीको रकम दुरुपयोग गर्दा केही वर्षयता आर्थिक समस्यामा थिए ।

निक्षेपकर्ताको रकम सञ्चालकले मनोमानी रूपमा प्रयोग गरेका थिए । ऋण उठ्न नसकेपछि सहकारीले सर्वसाधारणको पैसा फिर्ता दिन सकेको थिएन । तामाङमाथि गत वर्षदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्दै आएको छ ।