काठमाडौं -काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि यात्रुलाई ओरालिएको छ । जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँसे मैदानतिर गएको यात्रुहरुले बताएका छन् । यात्रुलाई विहान साढे ८ बजेको समय दिए पनि साढे नौ बजेमात्र जहाज चलाउने तयारी गरिएको थियो ।
करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेका जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ । रन वे छोडेर घाँसे मैदानतिर कसरी जहाज गाये भन्ने बिषयमा श्रीएयरलाइन्सले अहिलेसम्म केही बताएको छैन । अर्को जहाजको प्रवन्ध गरेर यात्रुलाई गन्तव्यमा पठाउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया